Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

'राष्ट्रपतिको भूमिका शंकास्पद'

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपतिको कदममाथि प्रश्न उठाएका छन् ।

आज नयाँ बानेश्वरमा सम्पादकहरुसँगको अन्तरक्रियामा यादवले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नु नपर्ने कुनै कारण राष्ट्रपतिसँग नरहेको उनले बताए ।

‘कि मलाई केपी ओली नै प्रधानमन्त्री चाहिन्छ भन्नुपर्यो । होइन भने बहुमतको हस्ताक्षरसहित दावी गरेका देउवालाई प्रधानमन्त्री नबनाउननुपर्ने कुनै कारण छैन । राष्ट्रपतिको भूमिका शंकास्पद र सन्देहास्पद छ ।’ यादवले भने।

राजाहरुको सिको गरेर केपी ओलीले संसद विघटन गरी निरंकुश शासन चलाउन खोजेको आरोप उनले लगाए । राष्ट्रपतिसँग मिलेमतो गरी अध्यादेशमार्फत स्वेच्छाचारी शासन गर्न खोजेको उनको दावी थियो ।

उनले प्रतिनिधिसभाका १ सय ४६ जना सदस्यहरुले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री स्वीकार गरेपनि राष्ट्रपतिले अस्वीकार गर्नु असंवैधानिक रहेको यादवको भनाइ छ । उनले १ सय ४६ जना सांसदले दिएको रिट निवेदनका पक्षमा सर्वोच्च अदालतले फैसला दिने विश्वास समेत व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077