Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • देउवा मैदानमा उत्रिएपछि काँग्रेसभित्र सन्नाटा : भारतीय दुताबासको रोजाइमा विमलेन्द्र, शेखर र सिंह !

    देउवा मैदानमा उत्रिएपछि काँग्रेसभित्र सन्नाटा : भारतीय दुताबासको रोजाइमा विमलेन्द्र, शेखर र सिंह !

    अनलाइन नेपाल
  • बिहिबार, १० असार २०७८
  • 3.2K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन भदौको दोस्रो साता हुने लगभग पक्का सरह छ । नेताहरूले चुनाव लड्नका लागि भित्रभित्रै तयारी शुरु गरेका छन् । गुट निर्माण पनि हुन थालेका छन् । सभापति पदमा शेरबहादुर देउवाले उम्मेदवारी दिने भनेपछि तरंग उत्पन्न भएको छ ।

    देउवाले आफू निकटका केन्द्रीय सदस्य र पदाधिकारीहरूसँग भेटेर सहयोग गर्न भनिसकेका छन् । देउवाले सभापति पदका लागि भोट माग्न थालेपछि देउवाकै गुटका उप–सभापति विमलेन्द्र निधिले पनि प्रचार प्रसार शुरु गरेका छन् । निधीले देउवा समूहकै केही नेताहरूलाई आफूतिर तानेर लैजाने प्रयास गरेका छन् ।



    निधीले वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला समूहका नेताहरूलाई पनि तान्ने प्रयास गरेका छन् । निधीले आफू सभापतिमा कुनै पनि हालतमा उम्मेदवार बन्नेछन् । केही दिन अगाडि निधीले प्रकाशमान सिंह र शशांक कोइरालालाई आफ्नै निवासमा बोलाएर सभापतिमा सहयोग गर्न आग्रह गरेका छन् । सिंह र कोइरालाले निधीलाई सभापतिमा सहयोग गर्न नसक्ने जवाफ दिएका छन् । सिंह र कोइरालाको जवाफले निधीलाई तनाब बढाइदिएको छ ।



    उप–सभापति निधीले गगन थापा, सरिता प्रसाइँसहितका एक दर्जन युवा नेताहरूसँग पनि भेटवार्ता र छलफलहरू गरेका छन् । निधीले अहिलेसम्म जो–जोसँग छलफल र सम्वाद गरेका छन् सबैमा निराशा हात लागेको छ । निधीले देउवाको सहयोग विना कुनै पनि हालतमा सभापतिमा जित्न नसक्ने धेरैको भनाइ छ ।

    देउवा आफै सभापति पदमा उम्मेदवार बन्ने भएपछि निधीलाई तनाब भएको छ । स्रोतका अनुसार निधीले सभापति पदमा पराजित भए पनि गुट चलाएर बस्ने तयारी गरेका छन् । निधीलाई देवाले १५औँ महाधिवेशनमा सभापति पदमा सहयोग गर्ने आश्वासन दिएका थिए । निधीले देउवाको त्यो प्रस्तावलाई मानेका छैनन् ।

    निधीलाई कसले उचालेको छ कसैले केही भनेको छैन । तर, उनलाई भारतीय दुताबासले उचालेको आरोप लागेको छ। प्रकाशमान सिंह पनि भारतीय दुताबाससँग नजिक मानिन्छन्। दुताबासको रोजाइमा अहिले शेखर कोइराला कोइराला भन्दा निधी र सिंह  परेका छन्।

    निधी सबैभन्दा धेरै अवसर पाउने नेतामा पर्छन् । देउवाको साथ लागेर निधीले उप–प्रधानमन्त्री, गृह मन्त्री, भौतिक मन्त्री, पार्टीको महामन्त्री, उपसभपाति आदि सबै पद पाइसकेका छन् । उनले पाउन बाँकी भनेको पार्टी सभापति र प्रधानमन्त्री पद मात्रै बाँकी छ । त्यो पनि उनले पाउने सम्भावना छ । तर, देउवालाई असहयोग गरेर निधीले ती दुबै पद पाउने सम्भावना निकै कम छ । सभापतिमा देउवालाई सहयोग गरेको भए निधीलाई प्रधानमन्त्री बन्ने अवसर जुट्ने थियो ।

    आफ्नै प्रदेश नं. २ मा कमजोर मानिएका निधीले गृहजिल्ला धनुषाकै पार्टीका नेताहरूलाई आफ्नो साथमा लिन सकेका छैनन् । निधीले धनुषाबाट केन्द्रीय सदस्य रहेका रामकृष्ण यादव, महेन्द यादव र आनन्दप्रसाद ढुंगानालाई समेत विश्वासमा लिन नसकेको आरोप छ । यी तीन जना केन्द्रीय सदस्य निधीकै गृहजिल्ला धनुषाका हुन् । आफ्नै जिल्लाभित्र समेत निधी कमजोर छन् ।

    कोइराला परिवारबाट भने   शेखर कोइराला सभापति पदमा उम्मेदवार बन्ने सम्भावना छ । कोइरालो आफू सभापति पदमा उम्मेदवार बन्ने बताइसकेका छन् ।

    शेखर कोइराला सभापति पदमा उम्मेदवार बने भने कोइराला परिवारको सहयोग उनलाई हुने अधिकांशको बुझाई छ । यस्तो अवस्थामा निधी सबैभन्दा पुच्छारमा हुनेछन् । अहिले पनि देउवाले नै सभापति पदमा जित्ने धेरैको बुझाइ छ । यूनाइटेड पोस्ट साप्ताहिकमा खबर छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार