Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

निर्वाचन आयोगमा माधव नेपाल पक्षको नेकपा (एकीकृत) दर्ता, चुनाव चिन्ह कलम

काठमाडौं । निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत) दर्ता भएको छ । युवा नेता जीवन राईको नेतृत्वमा नेकपा(एकीकृत) नामको पार्टी दर्ताका लागि निर्वाचन आयोगमा वैशाख ६ गते निवेदन दिएको थियो ।

पार्टीले आयोगबाट कलम चुनाव चिह्न पाएको छ । पार्टीको उपाध्यक्षमा कल्पना गुरुङ, महासचिवमा विनोद खुलाल, सचिवमा ऐनविक्रम कुँवर र कोषाध्यक्षमा सुशील खनाल रहेका छन् ।

सबै युवाहरुलाई समेटेर गठन प्रक्रिया अघि बढाईएको पार्टीमा ३३ प्रतिशत महिला सहभागीता अनिवार्य गरिएको छ भने १० प्रतिशत युवा सहभागीता सुनिश्चित गरिएको छ । पार्टीको केन्द्रिय कमिटीमा २० प्रतिशत सहभागीता विज्ञहरुको रहनेछ ।

नेकपा एकीकृत दल दर्ता गर्ने नेताहरू नेकपा एमाले वरिष्ठ नेता माधव नेपाल पक्षका युवा नेता हुन् ।

३० जेठमा बसेको आयोगको निर्णयअनुसार पार्टी दर्ता भएको हो । पार्टीले आयोगबाट दल दर्ताको प्रमाणपत्र समेत पाइसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077