Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रोल्पामा पहिरोले एकै परिवारका तीनको मृत्यु

रोल्पा । रोल्पाको रोल्पा नगरपालिका–९ होमामा मध्यराति पहिरोले घर पुर्दा एकै परिवारका तीन जनाको मृत्यु भएको छ।

मंगलबार राति घरमाथिबाट झरेको पहिरोले घर पुरिँदा घर भित्र सुतिरहेका ६ जनामध्ये ३ को मृत्यु भएको हो। प्रहरीका अनुसार मृत्यु हुनेमा स्थानीय टिकासिंह बुढामगरका ८६ वर्षीय आमा कृति बुढामगर, १८ वर्षीय बुहारी सुशीला र १५ वर्षिय छोरी श्यामकला रहेका छन्।

पहिरोमा परी तीन जना घाइते भएका छन्। घाइतेमध्ये २ जनाको अवस्था सामान्य छ भने एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077