काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरु निर्वाचन आयोग पुगेका छन् ।
पार्टीको आधिकारिता दावी गर्दै अध्यक्ष यादवसहितका नेताहरु आयोग पुगेका हुन् ।
यादव पक्षको हिजो बसेको ५१ सदस्सीय कार्यकारिणी समितिका ३० सदस्य उपस्थित यादव पक्षको आजको बैठकले आधिकारिकता दावी गर्न आयोगमा उपस्थित हुने निर्णय गरेको थियो।
‘बैठकले आधिकारिकता दावी गर्न नागरिकतासहित बहुमत सदस्यहरु निर्वाचन आयोगमा उपस्थित हुने निर्णय गरेको बताइएको छ।
अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले पनि आधिकारिकतामा दावी गरेको छ । दुवै अध्यक्षले एक अर्कालाई कारबाही गरेका छन् । दुवैले कारबाही गरेको सूचना अद्यावधिक गर्न निवार्चन आयोगले अस्वीकार गरिसकेको छ ।