Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

जसपामा विवाद कायमै, यादव पक्षका नेताहरु नागरिकतासहित निर्वाचन आयोग जाँदै

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षले निर्वाचन आयोगमा फेरि आधिकारिकता दावी गर्दै निवदेन दिने भएको छ ।

जसपा केन्द्रीय कार्यालयका अनुसार आज दिउँसो २ बजे प्रमुख नेताहरू निर्वाचन आयोगको कार्यालय पुगी पार्टीको नाम, चुनाव चिन्ह, छाप र निर्णयको आधिकारिकताका लागि निवेदन दिने तयारी भएको छ ।

यादव पक्षको हिजो बसेको ५१ सदस्सीय कार्यकारिणी समितिका ३० सदस्य उपस्थित यादव पक्षको आजको बैठकले आधिकारिकता दावी गर्न आयोगमा उपस्थित हुने निर्णय गरेको थियो।

‘बैठकले आधिकारिकता दावी गर्न नागरिकतासहित बहुमत सदस्यहरु निर्वाचन आयोगमा उपस्थित हुने निर्णय गरेको बताइएको छ।

अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले पनि आधिकारिकतामा दावी गरेको छ । दुवै अध्यक्षले एक अर्कालाई कारबाही गरेका छन् । दुवैले कारबाही गरेको सूचना अद्यावधिक गर्न निवार्चन आयोगले अस्वीकार गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077