Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

मनाङमा यार्सागुम्बा संकलन गर्न गएका ६० बेपत्ता

मनाङ । मनाङमा यार्सागुम्बा टिप्न हिँडेका ६० जना बेपत्ता भएका छन् ।

फू गाउँको लेकमा यार्सागुम्बा संकलन गर्न गएका १ सय १० मध्ये ६० जना सम्पर्कविहीन भएका प्रहरी नायव उपरीक्षक सुवास खड्काले जानकारी दिए । उक्त क्षेत्रमा सोमबारदेखि पानी परिरहेको छ ।

सो क्षेत्रमा हिमपातका साथै बाढी आएको छ । फू गाउँबाट दुई दिन लाग्ने लेकतिर उनीहरू गत जेठ १५ गते गएका थिए । लघु लेक र कुलुङ लेक गएका उनीहरुको अवस्था अज्ञात छ । उक्त क्षेत्र समुद्री सतहदेखि ५ हजार मिटर उचाइमा पर्छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077