Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दीपक मनाङे मुख्यमन्त्रीसहित मनाङमा

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल  राहत सामग्रीसहित मनाङ उडेका छन्।

गृह मन्त्रालयको समन्वयमा नेपाली सेनाको हेलिकोप्टरमार्फत् औषधि, खाद्य सामग्री र टेन्ट लिएर मुख्यमन्त्री नेपाली, मन्त्री राजीव गुरुङ उर्फ 'दीपक मनाङे’ र सांसद चिन्तबहादुर घलेसहितको टोली मनाङ उडेको हो।

मुख्यमन्त्रीको सचिवालयलेका अनुसार मनाङमा मुख्यमन्त्री पोखरेलले बाढीबाट प्रभावित क्षेत्रको अवलोकन गर्ने कार्यक्रम छ।

प्रदेशवासीको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै उनीहरूको उचित व्यवस्थापनका लागि आफू प्रतिबद्ध रहेको मुख्यमन्त्री पोखरेलले बताएका छन्।

पछिल्ला केहीदिन यताको अविरल वर्षापछि मनाङका तीन सय परिवार विस्थापित भएका छन् । वर्षापछि त्यहाँ ताचै जाने बेलिब्रिज, थोंचे–चिल्चेतिर जाने झोलुंगे पुल, नासों गाउँपालिकाको कार्यालय, सीमा प्रहरी चौकी बाढीले बगाएको थियो । मनाङको ङावलमा पहिरोले मर्स्याङ्दी नदी थुनिएपछि चामेका करिब ६० घर र तालगाउँका ४८ घरधुरी डुवानमा परेका थिए ।

यसैबिच, प्रदेश सरकारले प्रदेशस्तरीय विपद् कोषमा ५ करोड रुपैयाँ राख्ने निर्णय गरेको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलको अध्यक्षतामा बिहीबार बसेको प्रदेशस्तरीय प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले उक्त निर्णय गरेको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077