Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमिकस क्युरीमा सर्वोच्चबाट दुई जना सिफारिस, नेपाल बारबाट भने अझैँ टुंगो लागेन

काठमाडौँ । संसद विघटनको मुद्दामा सर्वोच्च अदालत बार एशोसिएसनले एमिकस क्युरीका रुपमा दुई जनालाई सिफारिस गरेको छ ।

आज बसेको सर्वोच्च बारको बैठकले वरिष्ठ अधिवक्ताहरु कोमल प्रकाश घिमिरे र प्रकाशबहादुर केसीलाई एमिकस क्युरीमा सिफारिस गरेको कार्यसमिति सदस्य विकास भट्टराईले जानकारी दिए ।

जेठ ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटनविरुद्धको मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको इजलासले नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एशोसिएसनबाट २/२ जना एमिकस क्युरी माग गरेको थियो ।

यस्तै, सर्वोच्च बारले दुई जनालाई सिफारिस गरिसक्दा पनि नेपाल बार एशोसिएसनले भने अहिले सम्म सिफारिस गरिसकेको छैन। कुनै गम्भीर मुद्दामा अदालतले राय आवश्यक पर्ने ठानेमा एमिकस क्युरी माग गर्ने प्रचलन छ ।
















प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077