Online Nepal
  • सोमबार, ३ मंसिर २०८१
  • स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिँदै सातवटै प्रदेशले आज बजेट ल्याउँदै

    स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिँदै सातवटै प्रदेशले आज बजेट ल्याउँदै

    अनलाइन नेपाल
  • मंगलबार, १ असार २०७८
  • 1.8K
    SHARES

    काठमाडौं । देशका सातवटै प्रदेश सरकारहरूले आज आर्थिक वर्ष २०७८ र ७९ का लागि बजेट ल्याउँदै छन् । यसअघि सातै प्रदेशमा नीति तथा कार्यक्रम सार्वजनिक भइसकेको छ ।

    यस पटक सातै प्रदेशले स्वास्थ्य क्षेत्रमा बजेट केन्द्रीत गर्ने अनुमान गरिएको छ । कोरोना महामारीको रोकथाम तथा नियन्त्रण बजेटको प्राथमिकतामा पर्ने छ।



    कोरोनापछि विकास निर्माणलाई सातै प्रदेशले बजेटमा प्राथमिकता दिने अनुमान गरिएको छ । प्रदेश नम्बर १ मा आज अपरान्ह ३ बजे, प्रदेश नम्बर २ मा अपरान्ह ४ बजे तथा वाग्मती प्रदेशमा अपरान्ह ३ बजे बैठकमा बजेट प्रस्तुत गरिने छ ।



    यस्तै लुम्बिनी प्रदेशमा आज अपरान्ह ४ बजे, कर्णालीमा आज दिउँसो १ बजे र सुदूरपश्चिम प्रदेशमा अपरान्ह ४ बजेका लागि प्रदेश सभा बैठक बोलाइएको छ । गण्डकी प्रदेशमा पनि मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले बजेटको तयारी गरेका छन् । प्रदेशमा आर्थिक मामिला मन्त्रीले बजेट प्रस्तुत गर्ने गर्छन्। नीति तथा कार्यक्रम भने प्रदेश प्रमुखले पढ्ने चलन छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार