Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

के कोरोनाको खोप लगाएपछि शरीर चुम्बकीय बन्छ ? यस्तो भन्छ स्वास्थ्य मन्त्रालय

काठमाडौँ। पछिल्लो समय कोरोना भाइरसविरुद्धको खोप लगाएपछि शरीरमा देखिने असरबारे विश्वाभर फरक फरक टिप्पणी हुने गरेको पाइएको छ।

छिमेकी देश भारतका एक नागरिक नासिकका अरविन्द सोनारले सामाजिक सञ्जालमा खोपको दुई डोज लगाएपछि आफ्नो शरिर चुम्बक जस्तै बनेको र धातुहरु टाँसिन थालेको दाबी गरिरहेका छन् ।

तर, कोरोना खोपको कारण यस्तो हुनै नसक्ने विज्ञहरुले बताएका बेला नेपालमा पनि यसबारे अनेकौं टिप्पणी हुन थालेको छ।

यसैबीच, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अफवाहमा विश्वास नगर्न सबैलाई आग्रह समेत गरेको छ ।

मन्त्रालयले खोपहरुमा कुनै प्रकारको धातु वा माइक्रोचिप्सहरु नहुने र खोप सुरक्षित र प्रभावकारी भएकोले यसले हाम्रो स्वास्थ्यमा कुनै प्रतिकूल असर नगर्ने दाबी गरेको छ ।

साथै मन्त्रालयले महामारीको बेलामा भ्रमकोपछि नलागी सचेतना फैलाउन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077