Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

काठमाडौं महानगरमा स्थगित भएको खोप अभियान पुन: भोलिदेखि सुचारु

काठमाडौँ। काठमाडौँ महानगरपालिकामा स्थगित भएको कोरोना भाइरसविरुद्धको ‘भेरोसेल खोप’ अभियान भोलिदेखि पुनः सुचारू हुने भएको छ।

यसअघि महानगरभित्रको सबै वडामा ६० देखि ६४ वर्ष उमेर समूहकालाई खोप कार्यक्रम सञ्चालन गरिएको भए पनि २८ गतदेखि स्थगित भएको थियो।

महानगरका स्वास्थ्य सेवा विभागका प्रमुख हरि कुँवरका अनुसार यसअघि वडा वडामा खोप लगाउँदा भिडभाड बढेकाले अबदेखि अस्पतालमा मात्र खोप लगाइने कार्यक्रम रहेको छ ।

जसमा अस्पतालहरु वीर अस्पताल, सिभिल अस्पताल, त्रिवि शिक्षण अस्पताल र वीरेन्द्र सैनिक अस्पतालमा रहेका छन्। यसैगरी, उनले खोप लगाउने समय बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म मात्र रहेको बताए।

यसअघि महानगरले २५ गतेबाट ३२ वटै वडामा सञ्‍चालन गर्दै आएको खोप कार्यक्रम सरकारले खोप उपलब्ध नगराउने भएपछि स्थगित गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077