Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

थप ६७ जनाको मृत्यु, मृतकको संख्या ८,३०५ पुग्यो

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ६७ जनाको कोरोना भाइरस संक्रमणका कारण ज्यान गएको छ। योसँगै देशभर कोरोना संक्रमणका कारण ज्यान गुमाउनेहरुको संख्या ८ हजार ३ सय ०५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा ५ हजार २२५ जना निको भएर घर फर्केका छन्।

यस्तै, पछिल्लो २४ घण्टामा ३ हजार ७५० जना कोरोना संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा ९ हजार ५९८ पीसीआर परीक्षण गर्दा २ हजार ७०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै ५ हजार ५८४ जनाको एन्टिजेन  परीक्षण गर्दा १ हजार ४१ जनामा पोजेटिभ देखिएको छ।

यसअघि हिजो ३४७९ जना संक्रमण पुष्टि हुँदा ५,२९३ जना डिस्चार्ज भएका थिए भने ५९ जनाको ज्यान गएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077