Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

घनश्याम भुसालको प्रश्न - एमालेलाई विकृत बनाउन कतै ‘सुकुलगुण्डा’ समूह खडा भएको त छैन ?

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता घनश्याम भुसालले राजनीतिलाई विकृत बनाउन पञ्चायत कालमा जस्तै अहिले पनि ‘सुकुलगुण्डा’ समूह खडा भएको त हैन? भन्दै प्रश्न गरेका छन्।

‘हामीले एकताको कुरा गर्दा त्यसलाई आत्मसमर्पणको रुपमा व्याख्या गर्ने र विवादको कुरा गर्दा विभाजनको रुपमा व्याख्या गर्ने एउटा समूह नै तयार भएको छ,’ नेता भुसालले सामाजिक सञ्जालमार्फत भनेका छन्।

फेसबुकमा नेता भुसाल लेख्छन, ‘पञ्चायत कालमा राजनीतिलाई विकृत बनाउने सत्ता संरक्षित समूह मण्डलेका रुपमा स्थापित भयो। पञ्चायत धरासायी हुनुमा त्यस समूहको कम्ति योगदान दिएन , ‘त्यसबेलाका कतिपय पञ्चहरुले त्यस समूहसँग आजित भएर संसदमै ‘सुकुलगुण्डा’ भनेर विरोध गरेको सम्झिन्छु । आज नेकपा एमालेको राजनीतिलाई विकृत बनाउन त्यस्तै समूह त खडा भएको छैन ? अनि परिणाम त्यस्तै हुने त होइन ?’

उनले आज नेकपा एमालेको राजनीतिलाई विकृत बनाउन त्यस्तै समूह खडा भएको आशंका गर्दै धेरैजसो सपेराहरु सर्पबाटै टोकिएका स्मरण गराउँदै परिणाम पनि त्यस्तै हुने त होइन? भनेका छन्।

उनको लेख यस्तो छ : 'फेरि हाम्रा विरुद्ध अनर्गल प्रचार शुरु भएको छ । हामीले एकताको कुरा गर्दा त्यसलाई आत्मसमर्पणको रुपमा व्याख्या गर्ने र विवादको कुरा गर्दा विभाजनको रुपमा व्याख्या गर्ने एउटा समूह नै तयार भएको छ । पञ्चायत कालमा राजनीतिलाई विकृत बनाउने सत्ता संरक्षित समूह मण्डलेका रुपमा स्थापित भयो । पञ्चायत धराशायी हुनुमा त्यस समूहको कम्ति योगदान थिएन । त्यसबेलाका कतिपय पञ्चहरु नै त्यस समूहसँग आजित भएर संसदमै ‘सुकुलगुण्डा’ भनेर विरोध गरेको सम्झिन्छु । आज नेकपा एमालेको राजनीतिलाई विकृत बनाउन त्यस्तै समूह त खडा भएको छैन ? अनि परिणाम पनि त्यस्तै हुने त होइन ? धेरैजसो सपेराहरु सर्पबाटै टोकिएका छन् ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077