Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

निषेधाज्ञालाई उलंघन गर्दै दिउँसो पनि पसल खोल्ने भाटभटेनीका म्यानेजर पक्राउ

काठमाडौँ । जारी निषेधाज्ञालाई उलंघन गर्दै दिउँसोको समयमा पसल खोलेको आरोपमा कोटेश्वरस्थित भाटभटेनीका म्यानेजरलाई प्रहरीले पक्राउ गरेको छ।

निषेधाज्ञाको समयमा बिहान ९ बजेसम्म मात्र भाटभटेनी अर्थात् डिपार्टमेन्ट स्टोर खोल्न पाइने व्यवस्थालाई उलंघन गरेको आरोपमा स्टोरका म्यानेजर सागर गुरुङलाई पक्राउ गरेको हो।

काठमाडौंका सीडीओ कालीप्रसाद पराजुलीका अनुसार म्यानेजर गुरुङले भाटभटेनी दिउँसो पनि खुला राखेको सूचना पाएपछि खटिएको प्रशासनको टोली र प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो।

सूचनापछि काठमाडौंका सहायक सीडीओ उमाकान्त अधिकारी नेतृत्वको टोली अनुगमनका लागि कोटेश्वरस्थित भाटभटेनी डिपार्टमेन्ट स्टोर पुगेको सीडीओ पराजुलीले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077