Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

नेपालसँगको वार्ताबारे जानकारी गराउन बूढानीलकण्ठ पुगे प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' छलफलका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास पुगेका छन् ।

यसअघि अध्यक्ष प्रचण्डले एमालेबाट कारबाहीमा परेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका थिए।

आइतबार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई २०७५ जेठ ३ अघिकै संरचना फर्काउने घोषणा गरे लगत्तै आफ्नै समूहमा दबाबमा परेका नेता नेपालले कोटेश्वरस्थित एक व्यवसायीको घरमा प्रचण्डसँग अबको रणनीतिका बारेमा छलफलमा रहेको उनी निकट एक नेताले बताएका थिए । स्रोतका अनुसार प्रचण्ड र नेपालबीच आगामी रणनीतिको बारे छलफल भएको बताइएको छ।

प्रधानमन्त्रीको आगामी कदम र रणनीतिबारे नेपालसँग छलफल गरेका अध्यक्ष प्रचण्ड त्यहि कुरालाई लिएर सभापति देउवासँग छलफल गर्न बूढानीलकण्ठ पुगेका हुन्।

प्रचण्डनिकट स्रोतका अनुसार सभापति देउवा र प्रचण्डबीच भेटवार्ता जारी छ, भेटमा नेपाल-प्रचण्डबीचको कुराकानी र पछिल्लो राजनीतिक गतिबिधिबारे छलफल भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077