Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

प्रधानमन्त्री ओली र उपप्रधानमन्त्री महतोको पुत्ला दहन

बुटवल । रूपन्देहीमा प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री राजेन्द्र महतोको पुत्ला दहन गरिएको छ । शहरी विकासमन्त्री समेत रहेका उपप्रधानमन्त्री महतोले संविधान विरोधी अभिव्यक्ति दिएको भन्दै रुपन्देहीमा नेकपा माओवादी केन्द्रको भातृ संस्था योङ कम्युनिष्ट लिग (वाईसीएल) सैनामैना नगर समितिले आज सैनामैनाको मुर्गियास्थित पूर्व–पश्चिम राजमार्गमा ओली र महतोको पुत्ला जलाएका हुन् ।

प्रधानमन्त्री ओलीले एकपछि अर्को राष्ट्रघाती काम गर्दै गएको तथा उपप्रधानमन्त्री महतोले बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने अभिव्यक्ति दिएका कारण उनीहरुको पुत्ला दहन गरिएको वाईसीएल सैनामैना नगर समितिका अध्यक्ष गोविन्द खरेलले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077