Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

ओली-नेपाल विवाद झन् चर्कियो, दुई पक्षबीचको भिन्नभिन्नै बैठक

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको दुई पक्षबीचको विवाद झन् चर्किदै गएको छ। पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचको आन्तरिक कलहले गर्दा विवाद झन् चर्किएको हो।

यसैबीच दुई पक्षबीच बिबाद चलिरहेको बेला आज भिन्नभिन्नै बैठक बस्दैछ।

अध्यक्ष ओलीले अपरान्ह ४ बजे बालुवाटारमा स्थायी कमिटी बैठक बोलाएका छन्। जसमा १९ जना स्थायी कमिटी सदस्यलाई बोलाइएको छ।

ओलीले गठन गरेको स्थायी कमिटीमा झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका नेता छैनन्।

यस्तै केही समयदेखि समानान्तर गतिविधि गरिरहेका र ओली पक्षबाट निस्कासनमा परेका झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले पनि आज केन्द्रीय समिति बैठक राखेको छ।

कोरोना महामारीकाबीच नेपाल पक्षको बैठक भने बिहान ११ बजे भर्चुअल रूपमा बस्ने बताइएको छ ।

अध्यक्ष ओलीकै कारण पार्टी एकता टर्दै गएको निष्कर्षमा पुगेका नेपालले राजनीतिक रणनीतिबारे थप कुरा केन्द्रीय सदस्यलाई ब्रिफिङ गर्न लागेका छन्। नेपाल पक्षले आगामी दिनहरुमा पनि ओलीले धोका दिन सक्ने भन्दै बेग्लै पार्टी खोल्ने तयारी गरिरहेको बताएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077