Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एमाले विवादबारे माधव भन्छन्- आयाराम गयाराम भइरहन्छ, नयाँ पार्टी गठनमा लागिसके

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नयाँ पार्टी गठनको अभियानमा आफू लागि सकेको बताएका छन्।

आज आफू पक्षधर जनसंगठनका पदाधिकारीहरूको भर्चुअल बैठकलाई सम्वोधन गर्दै नेता नेपालले जनप्रतिनिधिहरूको कुराले आफूहरु अड्किए पनि नयाँ पार्टी गठनमा लागिसकेको बताएका हुन्।

‘हामी एकताको विपक्षमा छैनौं, तर ६ बुँदे प्रस्ताव कार्यान्वयन हुने सम्भावना देखिंदैन,’ नेता नेपाल भने, 'पार्टीभित्र देखिएको विवाद हल गर्न गठन भएको कार्यदलको आधिकारिक वार्ता भएको छैन ।

पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले आफूले पार्टी एकताका लागि वैशाख २६ मा अघि सारेको ६ बुँदा मानेको अबस्थामा मात्र ओलीसँग एकता हुने प्रष्ट पारे । अध्यक्ष केपी शर्मा ओलीले अप्ठेरोमा पर्दा वार्ताको कार्ड फाल्ने गरेको भन्दै नेता नेपालले आफूहरु पनि एकताको पक्षमा रहेको तर, ओलीको प्रवृतिले पछि हटेको बताए।

बैठकका सहभागीहरूले दोस्रो पुस्ताका कतिपय नेता अझै वार्तामा अल्झिएको भनेर आक्रोश पोखेपछि नेपालले आन्दोलनमा आयाराम गयारामहरु हुने भन्दै कोही व्यक्ति छाडेर जाँदैमा अभियान नटुंगिने जिकिर गरे। ‘हिजो हाम्रो विचार समूहबाट चुनाव जित्नुभएका युवराज कार्की, बैजनाथ चौधरी आज कहाँ हुनुहुन्छ ?’ नेपालले भने।

यस्तै बैठकमा सहभागी जनसंगठनका नेताहरुले वार्ता गर्ने भए समय तोकेर प्रयत्न गरिनुपर्ने, नत्र अलग पार्टी निर्माणमा लाग्न नेताहरुले सुझाव दिएका छन् । तर वार्ताको नाममा धेरै अलमल गरिन नहुने जनसंगठनका नेताहरुको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077