Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

तराईलाई मरुभुमीकरण गरेर कुर्सी बचाउने षडयन्त्र : प्रचण्ड

काठमाडौँ। सरकारले आर्थिक वर्ष २०७८/०७९को बजेटमाफर्त ढुंगा, गिट्टी र बालुवा भारत निर्यात गर्ने नीति बनाएपछि त्यसको चौतर्फी आलोचना भइरहेको
बेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रले पनि सो निर्णयको विरोध गरेको छ ।

गत शनिबार अर्थ मन्त्रालयले भारतसँगको व्यापार घाटा नियन्त्रण गर्न भन्दै बजेटमार्फत् भारतलाई ढुंगा, गिटी र बालुवा बेच्ने कार्यक्रम ल्याएको छ। तर, सरकारको यो निर्णय कार्यान्वयन भए महाभारत र चुरे क्षेत्रलाई नोक्सान पुग्ने भन्दै सबैतिर विरोध भइरहेको छ। यद्यपि सरकारले भने उक्त नीतिले नेपाली भूमिमा कुनै नोक्सान नहुने दावी गरेको छ ।

यसैबीच, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पनि यो निर्णयको विरोध गर्दै असंवैधानिक सरकारले बजेट मार्फत ‘नेपालको ढुंगा, गिट्टी, बालुवा निकासी गरेर ब्यापार घाटा कम गर्ने’ नाम मा कुर्सी बचाउने षडयन्त्र भएको बताएका छन्।

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले र तराइलाई मरुभुमीकरण गर्ने राष्ट्र र जन बिरोधी निर्णय तुरुन्त खारेज गर्न माग गर्दै सामाजिक सञ्जाल ट्वीटरमा आक्रोश व्यक्त गरेका छन्।

उनले लेखेका छन्,असंवैधानिक सरकारले बजेट मार्फत ‘नेपालको ढुंगा, गिट्टी, बालुवा निकासी गरेर ब्यापार घाटा कम गर्ने’ नाम मा कुर्सी बचाउने र तराइलाई मरुभुमीकरण गर्ने राष्ट्र र जन बिरोधी निर्णय तुरुन्त खारेज गरियोस्।'

 

https://twitter.com/cmprachanda/status/1400043655793037318

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077