Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

तराई-मधेशमा ठूलो प्राकृतिक संकट आउछ : उपेन्द्र यादव

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले खानीजन्य ढुंगा-गिट्टी र बालुवा निकासी गरी व्यापार घाटा कम गर्ने नीति वातावरणीय हिसाबले घातक रहेको भन्दै सरकारको विराेध गरेका छन् ।

आज अध्यक्ष यादवले एक विज्ञप्ति जारी गर्दै बजेट भाषणमार्फत् आएको उक्त व्यवस्थाले चुरे क्षेत्र विनाश गर्ने र वातावरणीय हिसाबले घातक रहेको जनाएका हुन् ।

यसले चुरे विनाश गर्न र तराईलाई मरुभूमिकरण गर्ने भन्दै उनले व्यापार घाटा न्यूनीकरण गर्ने नाममा ढुंगा, गिट्टी, बालुवा निकासी गर्ने बजेट राष्ट्रघाती रहेको विज्ञप्तिमा उल्लेख गरेका छन्।

‘यस्तै, विज्ञप्तिमा भनिएको छ, 'यसबाट नवधनाढ्यदेखि व्यवसायीलाई त फाइदा नै होला तर चुरेको संवेदनशील क्षेत्रमा यसको प्रभाव हुने र तराई-मधेशमा ठूलो प्राकृतिक संकट आउने छ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077