Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

उपेन्द्र यादव पक्षद्वारा प्रदेश दुईमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

रामनारायण यादव/ जनकपुरधाम । प्रदेश २ को ८ वटै जिल्लामा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरिएको छ ।

जनता समाजवादी पार्टी .(जसपा) नेपालका कार्यकर्ताहरूले असंवैधानिक कदमको विरोध गर्दै राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको पुतला दहन गरेका हुन् ।

मंगलबार प्रदेश २ को स्थायी राजधानि लगायत ८ वटै जिल्लामा जसपा नेपालका कार्याक्रताहरुले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको पुतला दहन भएको हो ।

प्रधानमन्त्री ओलीको इशारामा राष्ट्रपति भण्डारीले गत जेठ ७ गते मध्यरातमा प्रतिनिधिसभाको विघटन गर्दै आफूखुसी अध्यादेश ल्याई मुलुकलाई द्वन्द्वमा धकेल्ने कु चेष्टा गरेकोले त्यसको विरोधमा पुतला दहन गरिएको जसपाका सप्तरी जिल्ला अध्यक्ष केदार यादवले बताए ।

उनले तत्काल प्रतिगामी कदम सच्याउनका लागि माग समेत गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077