काठमाडौं । फुटको संघारमा पुगेको जनता समाजवादी पार्टी (जसपा) भित्रको विवाद एकपछि अर्को गर्दै सतहमा आइरहेको छ ।
जसपाभित्र उपेन्द्र यादव–बाबुराम भट्टराई र महन्थ ठाकुर–राजेन्द्र महतो पक्षबीच विवाद चकिएको छ ।
एकले अर्कोलाई चेतावनीस्हितको स्पष्टिकरण सोधेका दुबै पक्षले कारबाहीसम्मको प्रक्रिया अगाडि बढाएका छन् ।
आज अध्यक्ष महन्थ ठाकुरपक्षको बैठकले अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गरेसँगै जसपा अब लगभग फुट्ने अवस्थामा पुगेको आँकलन गर्न सकिन्छ ।
अध्यक्ष यादवलाई मात्रै पार्टीबाट निष्काशन गरिएको र त्यसको जानकारी निर्वाचन आयोगलाई समेत दिइएको ठाकुरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
केहिसमय अघि मात्रै यादव पक्षले ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्लालाई पार्टीबाट निष्कासन गरेको थियो । यादवपक्षले पनि त्यसको जानकारी आयोगलाई दिइसकेको छ ।
Leave a Reply