Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

माधव नेपालले देशकाविरुद्ध ठूलो अनिष्टको काम गरेको ओलीको आरोप

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई इतिहासमै नभएको अनुशासनहीन काम गरेको आरोप लगाएका छन्।

आज महिला तथा बालबालिका मन्त्रालयमा आयोजित तेस्रो राष्ट्रिय महिला अधिकार दिवस कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेता नेपाललाई आफ्नो पक्षमा विश्वासको मत नहालेको तर कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गरेकोमा आक्रोश व्यक्त गर्दै यस्तो आरोप लगाएका हुन् ।

कार्यक्रममा कुनै नेताको नाम भने उच्चारण नगरेका ओलीले भने, ‘जब राजनीतिक दलहरु, राजनीतिक अनुशासनहिनता, अराजकता, फ्लोरक्रस, अनुशासन मान्न नपर्ने, पार्टी फोड्ने, पार्टीका विरुद्ध जाने, अर्कै उम्मेदवार उठाउने । दुनियाँमा कहीँ हिस्ट्रीमा अहिलेसम्म नभएको, आफ्नो सरकारविरुद्ध कहिले सरकार ढाल्नका लागि विश्वासको मत नहाल्ने, मतदान नगरेर बाहिर बस्ने । कहिले अर्को सरकार बनाउनका लागि समर्थन गर्न पुग्ने ?'

त्यस्तै ओलीले नेपाल लक्षित गर्दै भने, 'दलीय अनुशासन, दलीय मर्यादा, दलीय प्रणाली, संसदीय प्रणाली या कुनै पनि एउटा अनुशासनको प्रणाली अनुसार काम नगर्ने, ‘तिनले खाएको सपथ झुटो हो। तिनको सपथ बेइमानी हो । ओलीले भने, तिनका सपथभित्र स्वार्थ साधना गर्ने, स्वार्थ पूरा गर्ने कपट लुकेको हुन्छ। अहिले तिनले खाएका सपथ सम्झिनुस् त। तिनले कहाँकहाँ सपथ खाए होलान्। तर देशका विरुद्ध बहुतै ठूलो अनिष्टको काम गरिरहेका छन्’।

कार्यक्रम भरि नेपालमाथि खनिएका ओलीले थपे, ‘सम्माननीय राष्ट्रपतिकहाँ पुगेर एकजना नेताले ‘म यहाँ छु, म, म, म विरोधमा आएको छु’ भनेर गर्वसाथ भन्नु, शरम छैन। जब नेतृत्व तह यस्तो हुन्छ। माथिबाटै धमिलो बगेपछि तल संग्लो कहाँबाट आउँछ? माथिबाटै धमिलो पानी बग्ने, बगाउने काम भइरहेको छ। यो चिन्ताको विषय छ’ओलीले भने।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077