Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

५ वर्षमा बल्ल १५ प्रतिशत बढ्यो प्रहरीको रासन खर्च

काठमाडौं । निजामती कर्मचारीको तलब प्रायः बर्षैपिच्छे बढाउँदै आएको सरकारले फ्रण्टलाईनमा खटिने सुरक्षाकर्मीको भने ५ वर्षमा रासन भत्ता बढाएको छ । आर्थिक वर्ष २०७८/७९ बाट लागू हुनेगरी प्रहरीले पाउँदै आएको रासन खर्चमा १५ प्रतिशतले वृद्धि गरिएको हो ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको सभाहलबाट अर्थमन्त्री विष्णु पौडेलले नेपाल प्रहरी र सशस्त्र प्रहरीले पाउँदै आएको रासन खर्च १५ प्रतिशतले वृद्धि गर्ने जानकारी दिएका हुन्। यद्यपी नेपाली सेनाको बारेमा भने खुलाइएको छैन ।

प्रहरी र सशस्त्र प्रहरी बलका कर्मचारीको रासन भत्ता ५ वर्षयता वृद्धि भएको थिएन । २०७२ माघपछि भत्ता नबढेकाले दुई सुरक्षा निकायले ५० प्रतिशत भत्ता बढाउनुपर्ने प्रस्ताव गृहसमक्ष राखेका थिए । तर, अर्थ मन्त्रालयले राज्यलाई आर्थिक भार पर्ने बताउँदै धेरै बढाउन नसकिने बताउँदै आएको थियो ।

अहिले नेपाल प्रहरीमा जिल्लापिच्छे रासन भत्ताको दर फरक छ । प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरका अनुसार अहिले ३५ सयदेखि १५ हजार रुपैयाँसम्म रासन भत्ता दिइने गरिएको छ । हिमाली विकट जिल्लाहरु हुम्ला, जुम्लामा १० हजार बढी छ भने काठमाडौंमा ४ देखि ५ हजारको बीचमा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077