Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रहरीद्वारा निषेधाज्ञामा थप कडाइ, उल्लंघन गर्दै हिड्ने १,७२३ जना सडकमै ‘होल्ड’

काठमाडौं। नेपाल प्रहरीले निषेधाज्ञा उल्लंघन गर्दै हिड्ने १ हजार ७२३ जनालाई होल्डमा राखेर आवश्यक कारवाही गरेर छाडेको छ। सो क्रममा ४ सय ६५ वटा गाडी र १ हजार २ सय ६८ वटा मोटरसाइकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रहरीका अनुसार विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा उल्लंघन गर्दै हिड्नेलाई होल्डमा राखेर आवश्यक कारवाही तथा सम्झाई बुझाई छाडिएको छ ।

यस्तै, नयाँ भेरियन्टसहितको कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ६ सय १५ जनालाई नि:शुल्क मास्क वितरण गरिएको प्रहरीको भनाइ छ।

प्रहरीले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालयद्वारा तोकिएको मापदण्ड उल्लंघन गर्ने १ सय ८२ जनालाई संक्रामक रोग ऐन, २०२० बमोजिम २१ हजार जरिवाना समेत गरेको छ।  साथै देशभर माईकिङ तथा सचेतनामूलक कार्यक्रम अन्तर्गत १६ हजार ३ सय ९७ जनालाई सचेत गराएको प्रहरीले जनाएको छ।

निषेधाज्ञा कार्यान्वयनलाई थप प्रभावकारी र सफल बनाउन अन्य सुरक्षा निकायलगायतका सरोकारवालाहरुसँग आवश्यक समन्वय, सहकार्य गरेर अनुगमनलाई समेत तिब्रता दिएको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077