Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रदेश १ मा विपक्षी दलहरुद्वारा बजेट अधिवेशनको माग

विराटनगर । प्रदेश नं १ मा विपक्षी दलहरुले बजेट अधिवेशन गर्न माग गरेका छन्  ।

आज विराटनगरस्थित प्रदेश  संसद् सचिवालयमा  आयोजित संयुक्त पत्रकार सम्मेलनमा विपक्षी दलका नेताहरुले आगामी आर्थिक वर्ष २०७८/ ७९ को बजेट अध्यादेशबाट नभई संसद्बाटै ल्याउन माग गरेका हुन् ।

कार्यक्रममा नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले सरकारले पूर्वबजेट छलफल नै नगरी बजेट ल्याउने तयारी थालेको बताउँदै यही जेठ १६ गतेभित्र पूर्व छलफल गराउनुपर्नेमा जोड दिए ।

त्यस्तै, नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता तथा निवर्तमान आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले नीति तथा कार्यक्रम नै छल्न अध्यादेशबाट बजेट ल्याउने ध्यानमा प्रदेश सरकार रहेको आरोप लगाए ।

नेपाली कांग्रेस दलका नेता कोइराला, माओवादी केन्द्र दलका नेता आङ्बो, जनता समाजवादी पार्टी नेपालका नेता जयराम यादव र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च दलका नेता विष्णु तुम्बाहाम्फेले संयुक्त विज्ञप्ति पनि प्रकाशन गरी प्रदेश  नीति तथा कार्यक्रम ल्याई संसद्बाटै बजेट ल्याउन जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077