Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सिंहदरवारबाट सर्वोच्च जादै गर्दा शशांकले भने - विश्वस्त छु, देउवाकै नेतृत्वमा सरकार गठन गर्ने आदेश हुन्छ

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाकै नेतृत्वमा सरकार बन्ने दावी गरेका छन् ।

आज विपक्षी गठबन्धनका दलहरुले सिंहदरबारमा देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका सांसदहरुको पुन हस्ताक्षर संकलन गर्दै गर्दा नेता कोइरालाले यस्तो बताएका हुन्।

विपक्षी दलका निवर्तमान सांसदहरु धारा ७६ को उपधारा (५) को बमोजिम देउवालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त नगरेको भन्दै सर्वोच्च अदालततर्फ जाने तयारी गरिरहेका छन् ।

‘हामीसँग अहिले पनि बहुमत सांसदको हस्ताक्षर छ, त्यो लिएर गएपछि अदालतले देउवाकै नेतृत्वमा सरकार गठन गर्न आदेश दिने छ भन्ने मलाई विश्वास छ,’ कोइराले भने । यसअघि विपक्षी गठबन्धनले १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीका लागि राष्ट्रपति कार्यायलमा दावी पेस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077