Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ओलीलाई छाड्दै गरेका घनश्याम भुसालले भने- सत्ताधारीले जति चर्तिकला देखाए पनि क्रान्तिले नै वैधता पाउछ

काठमाडौं। प्रधानमन्त्री नियुक्ति प्रकरणमा केपी शर्मा ओलीलाई समर्थन गरेका नेकपा एमालेका नेता घनश्याम भुसालले सत्ताधारी वर्गले आफ्नो ऐतिहासिक वैधता गुमाउँदै गएपछि नागरिकलाई भ्रमित र विभाजन देखाएर समाजमा नक्कली वैधता सिर्जना गर्न प्रयत्न गर्ने बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नेता भुसालले सत्ताले व्यक्तिमा समस्या देख्ने र साम, दाम, दण्ड, भेदजस्ता समाधानका उपाय अपनाउने बताए ।

भुसालले लेखेका छन्, 'सत्ताधारी वर्गले आफ्नो ऐतिहासिक वैधता गुमाउँदै गएपछि नागरिकलाई भ्रमित पारेर, उनीहरुको पङ्तिमा विभाजन देखाएर, कसैलाई तर्साएर र अरुलाई किनेर, कतिलाई मानपदवी दिएर, कैयनलाई बदनाम गरेर समाजमा नक्कली वैधता सिर्जना गर्न अनेक प्रयत्न गर्छ । वास्तवमा परिणाम विपरित हुन्छ ।

उसले जति जति त्यस्तो चर्तिकला देखाउँदै जान्छ क्रान्तिले वैधता पाउँदै जान्छ । सत्ताले समस्या व्यक्तिमा देख्छ र साम, दान, दण्ड, भेदजस्ता समाधानका उपायहरु अपनाउँछ । यसबारे माक्र्सको निष्कर्ष के छ भने समस्या केवल व्यक्ति वा व्यक्तिहरुको होइन बरु त्यस्ता व्यक्ति जन्मिने वस्तुगत अवस्थाको हो ।

अथवा यसरी भनौँ – राजनीतिक समस्याको समाधान अराजनीतिक छक्कापञ्जाले गथ्र्यो भने आजका विश्व विद्यालयहरुमा मुख्यरुपले छक्कापञ्जाशास्त्र कै पढाई हुन्थ्यो ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077