Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

राष्ट्रपतिले भनिन् - प्रधानमन्त्रीले पनि दावी गर्नुभएको छ, कानूनी पक्षबारे परामर्श गर्छु

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कानूनी पक्षबारे परामर्श गरेर मात्र प्रधानमन्त्री नियुक्तिबारे निर्णय लिने बताएकी छन् ।

प्रधानमन्त्रीमा बिपक्षी गठबन्धनका तर्फबाट कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका तर्फबाट अध्यक्ष केपी शर्मा ओली दुवैजनाको दावी परेपछि राष्ट्रपति भण्डारीले कानूनी पक्षबारे परामर्श गरेर मात्र  निर्णय लिने बताएकी हुन्।

बिपक्षी गठबन्धनले आफ्नो दाबी दर्ता गरेपछि राष्ट्रपति भण्डारीले 'प्रधानमन्त्रीले पनि दावी पेश गर्नु भएको छ, कानुनविद संग सल्लाह गरेर निर्णय गर्छु भनेको भन्दै राष्ट्रपतिको भनाइलाई उध्तृत गर्दै गठबन्धनका एक नेताले बताए।

बिहीबार बेलुका मन्त्रीपरिषदको बैठकले प्रधानमन्त्री ओलीले विश्वासको मत नलिने र बैकल्पिक सरकारका लागि बाटो खुला गर्ने निर्णय गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ उपधारा ५ बमोजिम बैकल्पिक सरकार गठनका लागि आह्वान गरेकी थिइन ।

जसमा सभापति देउवाको नेतृत्वमा विपक्षी गठबन्धनले १४९ जना सांसदको हस्ताक्षर संकलन गरेको दावी गरेका छन् भने प्रधानमन्त्री ओलीले एमाले र जसपाका गरी १५३ सांसदको समर्थन आफूलाई रहेको दावी राष्ट्रपतिसमक्ष पेश गरेका छन् । तर, विपक्षी गठबन्धनले भने ओलीले सांसदहरुको हस्ताक्षर पेश नगरेकाले उनको दावीको अर्थ नहुने बताएका छन् । विपक्षी गठबन्धनले हस्ताक्षर सहितको पत्र राष्ट्रपति कार्यालयमा दर्ता गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077