Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

देउवाको भन्दा धेरै १५३ जना सांसदहरुको समर्थन आफूलाई रहेको भन्दै प्रधानमन्त्रीमा ओलीको दावी

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले १५३ जना सांसदको आफूलाई समर्थन रहेको जानकारीसहित राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्रीका लागि दाबी पेस गरेका छन् ।

दिउँसो विपक्षी गठबन्धनका नेताहरु पुग्नु भन्दा केहीबेर पहिला शीतल निवास पुगेका ओलीले एमालेका १२१ र जनता समाजवादी पार्टीका ३२ सांसदको समर्थन रहेको भन्दै प्रधानमन्त्रीमा दाबी पेस गरेको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकर बिष्णु रिमालले जानकारी दिएका छन्।

रिमाले सामाजिक सञ्जालमा लेखेका छन्,'नेकपा (एमाले)का १२१ र जसपाका ३२ गरी १५३ जना सांसदको समर्थन आफूलाई रहेको पत्रसहित प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६(५) वमोजिम प्रधानमन्त्री पदको लागि दावी गर्नु भएको छ।'

https://twitter.com/BishnuRimal/status/1395692430637236226

अहिले शितलनिवासमा बिपक्षी गठबन्धनका तर्फबाट प्रधानमन्त्रीमा दावी पेश गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले आफुसंग १४९ जनाको हस्ताक्षर भएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077