Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सिंहदरवारमा तीनदलको बैठक जारी, नयाँ सरकारको दाबी गर्ने तयारी

काठमाडौं । नयाँ सरकार गठनका लागि विपक्षी गठबन्धनले आधार प्रस्तुत गर्ने तयारी गरेका छन् । त्यसका, लागि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताहरू छलफलमा जुटेका हुन् ।

छलफलका लागि सिंहदरबारमा कांग्रेसबाट सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रबाट पुष्पकमल दाहाल प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादवलगायत बाबुराम भट्टराईको समेत उपस्थित भएका छन्।

स्रोतका अनुसार संसद सचिवालयमा सांसदहरुको हस्ताक्षर फाइल गर्ने काम समेत भइरहेको छ ।

सांसदहरुको हस्ताक्षर जुटाउने काममा एमाले नेतृ रामकुमारी, काँग्रेस नेता पूर्णबहादुर खड्का, रमेश लेखक पुष्पा भुषाल र माओवादी नेता देव गुरुङ र वर्षमान पुन खटिएका छन् । नेताहरुले नयाँ सरकारको प्रधानमन्त्री कसलाई अघि सार्ने भन्नेमा भने छलफल गरेर टुंग्याउने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077