Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

७ जना मन्त्रीको नियुक्ति बदरपछि एमालेले भन्यो - फैसलालाई सम्मान गर्छौं

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेले सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्ने जनाएको छ ।

आज सर्वोच्चले गृहमन्त्री रामबहादुर थापा ‘बादल’सहित ७ जना मन्त्रीहरुको नियुक्ति बदर गरेपछिको फैसलाबारे बोल्दै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले अदालतको फैसला सम्मान गर्नु आफुहरुको कर्तब्य रहेको बताए।

सर्वोच्चका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले संसद सदस्य नरहेका मन्त्रीहरु बादललगायत टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, गौरीशंकर चौधरी, मणि थापा र दावा लामालाई मन्त्रीको हैसियतमा कुनै पनि कामकारबाही नगर्नु नगराउनु भनी अन्तरिम आदेश जारी गर्दै नियुक्ति बदर गरेको छ ।

उनीहरू अब प्रतिनिधि सभा वा राष्ट्रिय सभामा निर्वाचित भएर आएपछि मात्र मन्त्री बन्न पाउने संवैधानिक व्यवस्था रहेको छ । नियुक्ति बदर भएका मन्त्रीहरु नेकपा माओवादी केन्द्र त्याग गरेर एमालेमा प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077