Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माओवादीद्वारा सीसीएमसी खारेजीको माग, प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को खारेज गर्नुपर्ने माग गरेको छ।

आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले सीसीएमसीको खारेज गर्नुपर्ने माग गर्ने निर्णय गरेको नेता बर्षमान पुनले जानकारी दिए ।

यस्तै, नेता पुनका अनुसार कोभिड रोकथाम, उपचार र नियन्त्रणका लागि सरकारले गर्नुपर्ने कामहरूबारे माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने साथै कोभिड नियन्त्रणका लागि प्रधानमन्त्रीको नेतृत्वमा सर्वपक्षीय सर्वदलीय संयन्त्र बनाउन पनि माग गर्ने भएको छ ।

कोभिड नियन्त्रणमा सरकार पुरै असफल भएको र स्वास्थ्य सामाग्री खरिददेखि वितरणसम्ममा भएको अनियमितताको निन्दा गर्दै माओवादीले स्वास्थ्य उपकरणहरुको अविलम्ब व्यवस्था गर्न माग गरेको नेता पुनको भनाइ छ।

बैठकमा आफ्नै पार्टी कोषबाट अक्सिजन प्लान्ट निर्माणको पहल गर्नेदेखि लिएर त्यसका लागि स्थानीय तहमा आफ्नो तर्फबाट निर्वाचित जनप्रतिनिधिको सहयोग र परिचालन गरिने भएको छ । नेता पुनका अनुसार बुधबार र बिहीबार बसेको बैठकले गरेका निर्णय शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले औपचारिक रुपमा सार्वजनिक गर्ने छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077