Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

प्रधानमन्त्री-शिक्षामन्त्रीविरुद्द निर्वाचन आयोगमा कांग्रेसको उजुरी

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका मौन अवधिमा उम्मेदवारको प्रचारप्रसार गर्नेलाई कारवाही गर्न निर्वाचन आयोगसँग आग्रह गरेको छ ।

कांग्रेस संसदीय दलले दलको बुधबारको बैठकको निर्णयानुसार आज आयोगलाई पत्र लेखी निर्वाचन आचारसंहिता, २०७२ को दफा ५ घ ९३० र ९५० र दफा ९६० विपरीत कार्य गर्ने जोकोहीलाई कारवाहीका लागि अनुरोध गरिएको जनाइएको छ ।

वाग्मती प्रदेशमा राष्ट्रियसभाको रिक्त एक सदस्यका लागि आज मतदान भइरहेको छ । निर्वाचन आचारसंहिताले मतदान हुनुपूर्व ४८ घण्टालाई मौन अवधिको समय तोेकेको छ । सो अवधिमा निर्वाचन प्रचारप्रसार, सामाजिक सञ्जाल वा कुनै पनि विद्युतीय माध्यमबाट समेत मत माग्न निषेध गरिएको छ ।

कांग्रेस संसदीय दलले प्रधानमन्त्रीले नेकपा एमालेका अध्यक्षको हैसियतले र मन्त्री कृष्णगोपाल श्रेष्ठले सार्वजनिक अपिलमार्फत मौन अवधिमा आफ्ना उम्मेदवारका पक्षमा मत मागेको आरोप लगाउँदै निर्वाचन आचारसंहिता पालना गर्नु सबैको साझा कर्तव्य भएकोे र स्वतन्त्र, स्वच्छ र मर्यादित निर्वाचन सम्पन्न गर्नु सरकारको दायित्व भएको स्मरण गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077