Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

आयोगद्वारा ओलीले आचारसंहिता विपरीत कार्य गरेको भन्दै कारबाहीको चेतावनी

काठमाडौं । निर्वाचन आयोगले बिहीबार बागमती प्रदेशमा हुन लागेको राष्ट्रियसभा सदस्यको लागि आचारसंहिता विपरीत विज्ञप्ति निकालेर मत मागेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बुधबारमात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको तर्फका उम्मेदवार रामबहादुर थापा 'बादल'को पक्षमा मत माग्दै अपील जारी गरेका थिए ।

‘आयोगले अनुरोध गर्दागर्दै पनि केही व्यक्तिहरुले आचार संहिता विपरीत वक्तब्य दिने, प्रेस विज्ञप्ति निकाल्ने, प्रकाशन तथा प्रसारण गर्ने र केही सञ्चार माध्यमहरुले उम्मेदवारको जीत हारको पूर्वानुमानका सामग्रीहरु प्रसार गर्ने तथा विभिन्न व्यक्तिहरुको अन्तर्वार्ता लिने जस्ता गतिविधिहरु गरेको देखिएकोले यसतर्फ आयोगको गम्भीर रुपमा ध्यानाकर्षण भएको छ’ प्रवक्ता राजकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

राष्ट्रियसभाको उपनिर्वाचनमा बादललाई मतदान गर्न ओलीको अपील (पूर्णपाठ)

वाग्मती प्रदेशमा हुने राष्ट्रियसभा उपनिर्वाचनका लागि जेठ ३ गते राति १२ बजेदेखि मौन अवधि सुरु भइसकेको छ । निर्वाचन आचार संहिताअनुसार मौन अवधिमा उम्मेदवारको पक्षमा मत माग्नु आचारसंहिता विपरीत हुन्छ । आयोगले आचार संहिता विपरीतका क्रियाकलापले निर्वाचनको स्वच्छता र विश्वसनीयता प्रति नै आघात पार्ने बताएको छ ।

राष्ट्रिय सभा सदस्यको वाग्मती प्रदेश उपनिर्वाचनमा वाग्मती प्रदेश सभा सदस्य ११० जना र वाग्मती प्रदेश अन्तर्गतका गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख र उपप्रमुख २३८ गरी ३४८ जना मतदाता रहेको निर्वाचक मण्डल रहेको छ ।

राष्ट्रिय सभामा रिक्त रहेको पदका लागि एमालेका रामबहादुर थापा, स्वतन्त्र उम्मेदवार खिमलाल देवकोटा र नेमकिपाका कृष्णबहादुर तामाङ उम्मेदवार छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077