Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

निषेधाज्ञा उलंघन गर्ने ६ जना मदिरा संचालक पक्राउ, २६४८ जना ‘होल्ड’मा

रामनारायण यादव/ सप्तरी । सप्तरीमा निषेज्ञाज्ञा उलंघन गर्ने २ हजार ६४८ जना सहित ६ जना मदिरा पसलका संचालकहरुलाई प्रहरीले कारवाही गरेको छ ।

गत बैशाख २३ गते बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकबाट भएको निर्णय अनुसार निषेधाज्ञा उलंघन गरी साँझको समयमा मदिरा पसल संचालन गर्ने ६ जना मदिरा संचालकहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

सदरमुकाम राजविराज, विष्णुपुर, छिन्नमस्ता लगायतको ठाउँबाट पक्राउ परेका मदिरा पसलका संचालकहरुलाई संक्रमक रोग ऐन २०२० अनुसार कारबाही प्रक्रिया अघि बढाएको सप्तरीका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।

यसै गरी जिल्ला भरि निषेधाज्ञा उलंघन गर्ने २ हजार ६ सय ४८ जनालाई कारबाही गरिएको छ ।

निषेधाज्ञा उलंघन गरी सवारीसाधान चलाउने, मास्क नलगाई हिड्ने, अनाधिकृत रुपमा भीडभाड गर्ने जस्ता गतिविधि गर्ने २ हजार ६ सय ४८ जनालाई जनही १०० रुपैयाँ जरिवाना गरी कारबही गरिएको सप्तरीका प्रहरी प्रवक्ता काफ्लेले जानकारी दिए ।

उनका अनुसार भीडभाड हुने स्थानमा निषेधाज्ञाको परिपालन गराउन प्रहरीले निषेधाज्ञा उलंघन गर्ने व्यक्तिहरुलाई केहिबेर ‘होल्ड’मा राखि सम्झाई बुझाइ छाडिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077