काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र महतोले संयुक्त वक्तव्य जारी गरेर सहमति गरेकै दिन पार्टीभित्र अर्को असहमति देखा परेको छ।
केही बेरअघि मात्रै अध्यक्षद्वय ठाकुर र यादवले संयुक्त बिज्ञप्ति जारी गर्दै राजेन्द्र महतोलाई संसदीय दलको नेताबाट हटाउने सहमति भएको बताएका थिए । तर, दुई अध्यक्ष ठाकुरले सहमतिको बेवास्ता गर्दै नेता महतो दलको नेता भएको जिकिर गरेका छन्।
उनले पार्टी संसदीय दलको नेतामा महतो चयन भएको जानकारीसहित संघीय संसद सचिवालयलाई पत्र पठाएका छन्। जसपा अध्यक्ष महन्थ ठाकुरले हस्ताक्षर गरेको पत्र संघीय संसद सचिवालयमा दर्ता भएको छ ।
जसमा महतो दलको नेता निर्वाचित भएको व्यहोरा उल्लेख गरिएको छ । यसमा यादव पक्षको सहमति नरहेको बुझिएको छ।