Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • प्रहरीद्वारा निषेधाज्ञामा थप कडाइ, उल्लंघन गर्दै हिड्ने ७ हजार ३१७ जना सडकमै ‘होल्ड’

    प्रहरीद्वारा निषेधाज्ञामा थप कडाइ, उल्लंघन गर्दै हिड्ने ७ हजार ३१७ जना सडकमै ‘होल्ड’

    अनलाइन नेपाल
  • सोमबार, ३ जेष्ठ २०७८
  • 1.9K
    SHARES

    काठमाडौं। नेपाल प्रहरीले निषेधाज्ञा उल्लंघन गर्दै हिड्ने ७ हजार ३१७ जनालाई होल्डमा राखेर आवश्यक कारवाही गरेर छाडेको छ। सो क्रममा ९ सय ७१ वटा गाडी र २ हजार २ सय २३ वटा मोटरसाइकल गरी ३ हजार १ सय ९४ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

    प्रहरीका अनुसार विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा उल्लंघन गर्दै हिड्नेलाई होल्डमा राखेर आवश्यक कारवाही तथा सम्झाई बुझाई छाडिएको छ ।



    यस्तै, नयाँ भेरियन्टसहितको कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा १ हजार ४ सय ६५ जनालाई नि:शुल्क मास्क वितरण गरिएको प्रहरीको भनाइ छ।



    प्रहरीले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालयद्वारा तोकिएको मापदण्ड उल्लंघन गर्ने ३ सय ६० जनालाई संक्रामक रोग ऐन, २०२० बमोजिम जरिवाना समेत गरेको छ।  साथै देशभर माईकिङ तथा सचेतनामूलक कार्यक्रम अन्तर्गत २० हजार ५ सय ५१ जनालाई सचेत गराएको प्रहरीले जनाएको छ।

    निषेधाज्ञा कार्यान्वयनलाई थप प्रभावकारी र सफल बनाउन अन्य सुरक्षा निकायलगायतका सरोकारवालाहरुसँग आवश्यक समन्वय, सहकार्य गरेर अनुगमनलाई समेत तिब्रता दिएको प्रहरीको भनाइ छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार