Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

काभ्रेपलाञ्चोकमा जेठ १२ गतेसम्म थपियो निषेधाज्ञाको अबधि

काभ्रे।  जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले दोस्रोपटक म्याद थप गरी निषेधाज्ञालाई जिल्लाभरि लागू गरेको छ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा आज राति १२ बजेदेखि यही जेठ १२ गते राति १२ बजेसम्मको लागि समय थप गरिएको छ ।

दोस्रो लहरमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण बढिरहेको अवस्था रहेकाले जिल्ला प्रशासन कार्यालयले यसअघि जिल्लाको दुई राजमार्ग र मुख्य सडक खण्डको दायाँ बाँया र बजार क्षेत्रमा मात्रै लागू हुने गरी गरिएकामा आज राति १२ बजेबाट जिल्लाभरि नै लागू हुने गरी निषेधाज्ञा जारी गरिएको हो ।

कोरोना सङ्क्रमणका दर वृद्धि भइरहेको अवस्थामा प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले आज सूचना जारी गर्दै कोभिड–१९ को सम्भावित सङ्क्रमण, रोकथाम तथा नियन्त्रणको लागि सङ्क्रामक रोग ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६९३० ले दिएको अधिकार प्रयोग गरी जिल्लाभरि नै लागू हुने गरी निषेधाज्ञा थप गरिएको हो ।- रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077