Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कोरोनाले अस्वस्थ बनाएपछि पूर्व डिआईजी रमेश खरेल प्रहरी अस्पतालमा भर्ना

काठमाडौं। नेपाल प्रहरीका पूर्व डिआईजी तथा हाम्रो नेपाल सुशासन अभियानका संयोजक रमेश खरेल कोभिड -१९ को संक्रमणबाट अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन्।

खरेललाई एक साता अघि कोरोना संक्रमण  पुष्टि भएको थियो ।

खरेलको स्वास्थ्यमा समस्या देखिएपछि तीन दिन अघि उनी नेपाल प्रहरी अस्पतालमा भर्ना भएका थिए ।

प्रहरी अस्पतालका एक चिकित्सकका अनुसार फोक्सोमा समस्या देखिएका कारण खरेललाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। खरेललाई हिजो  प्लाज्मा थेरापी दिएर उपचार गरिएको थियो ।

खरेलको स्वास्थ्यमा आजबाट क्रमिक सुधार आएको र उनी खतरामुक्त रहेको अस्पताल स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077