Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • आफू रिसोर्टमा बसेर नेता चुन्ने, यादवले बैठक बोलाउँदा आपत्ति जनाउने ?

    आफू रिसोर्टमा बसेर नेता चुन्ने, यादवले बैठक बोलाउँदा आपत्ति जनाउने ?

    अनलाइन नेपाल
  • शनिबार, १ जेष्ठ २०७८
  • 2K
    SHARES

    काठमाडौं । भक्तपुरको एक रिसोर्टमा बसेर राजेन्द्र महतोलाई संसदीय दलको नेता चुन्ने जनता समाजबादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवले बोलाएको बैठकप्रति भने आपत्ति जनाएका छन् ।

    जसपाभित्र विवाद चर्किरहेको बेला अध्यक्ष उपेन्द्र यादवले आज बैठक बोलाएका थिए । यादवले बोलाएको बैठकप्रति ठाकुरले एक विज्ञप्तिमार्फत पार्टीले कुनै आधिकारिक बैठक नबोलाइएको भन्दै यसबारे आफ्नो ध्यानाकर्षण भएको बताएका हुन् ।



    उनले भनेका छन्–‘जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आजै दिनको १ बजेबाट पार्टी कार्यालयमा जारी रहेको भनि विभिन्न सञ्चारमाध्यमबाट एवम् सामाजिक सञ्जालबाट सूचना एवम् समाचारहरु सम्प्रेषित भैरहेको प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको कुनै बैठक नडाकिएको र त्यसो जानकारी समेत हामीलाई नभएको व्यहोरा सम्बन्धित सबैलाई स्पष्ट गरिन्छ ।’



    यादवले बोलाएको बैठकमा सत्ता समीकरणका लागि पार्टीमा भएका विभिन्न गतिविधि, संसदीय दलको नेतामा राजेन्द्र महतोको चयन लगायतका विषयमा बैठकमा छलफल भएको बताइएको छ ।

    जसपा नेपालको कार्यकारिणी समितिमा उपेन्द्र यादवको बहुमत रहेको छ भने यादव पक्षको अनुसार संसदीय दलमा पनि उपेन्द्र यादवको बहुमत रहेको छ । सोही बहुमतका आधारमा काँग्रेस, माओवादी केन्द्रसँग गठबन्धन बनाएर सरकार बनाउने निर्णय यादव समूहले थियो ।

    तर पछिल्लो समय जसपा नेपालका अर्का अध्यक्ष महन्थ ठाकुरले १९ जना सांसदको हस्ताक्षर राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएका थिए । र सोही हस्ताक्षरको आधारमा राजेन्द्र महतो संसदीय दलका नेता बनेका हुन् ।

    ठाकुरले आपत्ति जनाएको विषयमा भने यादव पक्षका एक केन्द्रीय सदस्यले आफू रिसोर्टमा बसेर नेता चुन्ने, यादवले बैठक बोलाउँदा आपत्ति जनाउने ? भन्द्यै प्रश्न गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार