Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • निषेधाज्ञा उल्लंघन गर्ने ७ हजार ८ सय ४६ जनालाई होल्डमा राखी छाडियो

    निषेधाज्ञा उल्लंघन गर्ने ७ हजार ८ सय ४६ जनालाई होल्डमा राखी छाडियो

    अनलाइन नेपाल
  • शुक्रबार, ३१ बैशाख २०७८
  • 1.8K
    SHARES

    काठमाडौं।  नेपाल प्रहरीले  विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गरी हिँड्ने ७ हजार ८ सय ४६ जनालाई होल्डमा राखी सम्झाई बुझाई छाडेको छ ।

    सो क्रममा १ हजार ६ सय १ वटा गाडी र २ हजार १ सय ४६ वटा मोटरसाइकल गरी ३ हजार ७ सय ४७ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।



    साथै नयाँ भेरियन्ट सहितको कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ५ हजार ४ सय ६३ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ ।



    कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालयद्वारा तोकिएको मापदण्ड उल्लंघन गर्ने ७ सय ३५ जनालाई संक्रामक रोग ऐन, २०२० बमोजिम जरिवाना गरिएको छ ।

    साथै देशभर माईकिङ तथा सचेतनामूलक कार्यक्रम अन्तर्गत १७ हजार १ सय ७८ जनालाई सचेत गराईएको छ ।

    निषेधाज्ञा कार्यान्वयनलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकाय लगायतका सरोकारवालाहरुसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तिब्रता दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार