Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

'सरकारको लापरवाहीका कारण कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या बढ्यो'

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको लापरवाहीका कारण कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या बढिरहेको बताएका छन् ।

आज इस्लाम धर्मावलम्वीहरुको पवित्र पर्व ‘ईद उल फित्र’ का अवसरमा एक शुभकामना व्यक्त गर्दै सभापति देउवाले सरकारको असंवेदनशीलता र अकर्मन्यताका कारण बढ्दो संक्रमणसँगै आइसियु बेड, भेन्टिलेटर र अक्सिजनको अभावमा मृत्यु हुनेको संख्या बढेको उल्लेख गरेका हुन् ।

देउवाले कोरोनाको जोखिमलाई दृष्टिगत गर्दै नियमित रुपमा नमाज गरी राख्दा स्वास्थ्य सुरक्षाका मापदण्डलाई ख्याल गरी भौतिक दुरी कायम राख्दै पारस्परिक एकता, विश्वास र प्रेमका साथ ‘इद उल फित्र’ मनाउन आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077