Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

प्रचण्डले बोलाए स्थायी समिति बैठक

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टी स्थायी समिति बैठक बोलाएका छन् ।

केहीबेरअघि काँग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका अध्यक्ष प्रचण्डले अहिले ५ बजे बैठक बोलाएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

यस्तै, दिउँसो बूढानीलकण्ठमा दुई नेताबीचको भेटवार्तामा राष्ट्रपतिले तोकेको समय सीमाभित्र नयाँ सरकार गठनका लागि समयमै दलको दावी पेश गर्नेबारे छलफल भएको श्रेष्ठले बताए। साथै उनीहरुबीच जसपा र एमालेको माधव नेपाल पक्षले गर्ने सम्भावित निर्णयबारे समेत छलफल भएको उनको भनाइ छ।

सोही छलफलबारे जानकारी गराउन र आगामी रणनीति तय गर्न प्रचण्डले पार्टी कार्यालय पेरिसडाँडामा बैठक बोलाएका हुन् । उता देउवा निवासमा पनि कांग्रेस पदाधिकारीको बैठक जारी रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077