Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

प्रधानमन्त्रीमा ओली पुन: नियुक्त हुन सक्ने, बहुमतको सरकार माधव पक्षको हातमा

काठमाडाैं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरबीच भएको वार्ता असफल भएको छ।

आज दिउँसो भएको वार्तामा सभापति देउवाले जसपाले राखेको माग पुरा गर्न आफूहरु तयार रहेको र त्यसका लागि मिलेर सरकार बनाउन प्रस्ताव राखेपनि अध्यक्ष ठाकुरले अस्वीकार गरेको ठाकुरनिकट स्रोतले जनाएको छ।

छलफलमा अध्यक्ष ठाकुरले आफूहरु सरकार निर्माणको दौडमा नरहेको र अहिलेको सन्दर्भमा आफ्नो माग कहीँबाट पुरा हुन नसक्ने भन्दै तटस्थ बस्ने निर्णय गरेको स्रोतको भनाइ छ।

तर, यतिबेला अध्यक्ष ठाकुरले आफूनिकट सांसदसँग छलफल गरिरहेका छन् भने सभापति देउवाले माओबादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गर्दै छन्।

प्रधानमन्त्रीमा ओली पुन नियुक्त हुन सक्ने 

कांग्रेस सभापति देउवालाई बहुमतको सरकार बनाउन कि त जसपा सिंगोले साथ दिनु पर्छ कि त एमालेका माधव नेपाल पक्षका सांसदहरुले राजिनामा दिनुपर्छ। यदी जसपाले साथ नदिने र नेपाल पक्षले पनि राजिनामा नदिने हो भने विपक्षी गठबन्धनको बहुमत नपुग्ने हुन्छ जसले गर्दा प्रधानमन्त्रीमा केपी शर्मा ओली नै पुन: नियुक्ति हुन सक्छन।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077