Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

चपली हाइटमा ओली-नेपाल वार्ता चलिरहँदा प्रचण्ड देउवा निवास पुगे

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल 'दाहाल'बीच छलफल सुरु भएको छ।

नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सीमा आज बेलुका ९ बजे सकिने भएकाले यसबारे छलफल गर्न मओवादीका अध्यक्ष प्रचण्ड र देउवाबीच बूढानीलकण्ठमा छलफल शुरु भएको हो।

बूढानीलकण्ठकै चपली हाइटमा प्रधानमन्त्री केपी शर्मा ओली र माधव नेपालवीचवार्ता भइरहेको बेला अध्यक्ष प्रचण्ड देउवा निवास पुगेका हुन्।

बहुमतको सरकार गठन दावी गर्नका लागि अग्रसर भएका कांग्रेस सभापति देउवाले यसअघि जसपाका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोसँग पनि छलफल गरेका थिए।

यस्तै, सभापति देउवाले आजै दिउँसो ४ बजे पार्टीको पदाधिकारी बैठक पनि बोलाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077