Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

ठाकुर-महतोसँगको भेटपछि देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक बोलाएका छन् ।

बहुमतको सरकार गठन दावी गर्नका लागि अग्रसर भएका कांग्रेस सभापति देउवाले जसपा अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोसँगको वार्तापछि बैठक बोलाएका हुन् । स्रोतका अनुसार ४ बजे बोलाइएको बैठका पार्टीका पूर्वपदाधिकारी पनि सहभागी हुनेछन् ।

संविधानको धारा ७६ को उपधारा २ अनुसार बहुमतको सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको तीन दिनको समय सीमा आज बेलुकी ९ बजे सकिँदैछ ।

यस्तै, जसपा अध्यक्ष ठाकुरले पनि सभापति देउवासँगको भेटपछि पार्टी कार्यालय बबरमहलमा सांसदहरुको बैठक बोलाएर छलफल गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077