Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

बूढानीलकण्ठबाट बाहिरिएका ठाकुर बबरमहल पुगे, देउवालाई साथ दिन सक्ने संकेत !

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरबीचको छलफल सकिएको छ।

बहुमतको सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सीमा सकिने दिन बिहीबार कांग्रेस सभापति देउवासँग जसपा अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोबीच छलफल भएको थियो।

देउवासँग छलफल सकेर फर्किएका ठाकुर र महतो आफ्नो पक्षमा नेता र सांसदहरुसँग छलफलमा जुटेका छन् । ठाकुरले बबरमहलस्थित पार्टी कार्यालयमा सांसद र आफूनिकट नेताहरूलाई बोलाएको जसपा स्रोतले जानकारी दिएको छ।

यसअघि देउवा निवास बूढानीलकण्ठमा भएको छलफलबारे जानकारी आइसकेको छैन। यद्यपि छलफलमा नयाँ सरकारमा आफ्नो नेतृत्वका लागि दाबी पेश गर्दै गरेका कांग्रेसका सभापति देउवाले अध्यक्ष ठाकुरलाई आफूलाई साथ दिन आग्रह गरेको बताईएको छ।

ठाकुर पक्षलाई सहमतिमा ल्याउन सके देउवाको नेतृत्वमा बहुमतको सरकार गठन हुनसक्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077