Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

निषेधाज्ञामा चेकिङका लागि खटिएका प्रहरी हवल्दारको अपरिचित गाडीको ठक्करबाट मृत्यु

रुपन्देही। जिल्लाको कन्चन गाउँपालिका ४ थकाली चोकमा प्रहरी हवल्दारको अपरचित गाडीको ठक्करबाट मृत्यु भएको छ।

मृत्यु हुनेमा प्युठान अ‍ैरावती गाँउपालिका २ घर भई हाल इलाका प्रहरी कार्यालय रुद्रपुरमा कार्यरत प्रहरी हवल्दार कर्णबहादुर बुढा मगर रहेका छन् ।

इलाका प्रहरी कार्यलय, रुद्रपुरका अनुसार कञ्चन गाउपालिका ४ थकाली चोकस्थित ट्राफिक चेकिङको क्रममा अपरिचित गाडीले ठक्कर दिँदा मगरको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी सत्यनारायण थापाले जानकारी दिए।

बिहीबार राति अन्दाजी २ बजेको समयमा नम्बर खुल्न नसकेको गाडीले ठक्कर दिँदा ३६ वर्षीय मगरको मृत्यु भएको डीएसपी थापाले बताए । थापाका अनुसार उनको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पठाइएको छ।

ठक्कर दिने गाडीको सीसी टिभी क्यामेराको सहयताबाट खोजी भइरहेको डीएसपी थापाले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077